लोकदेउडा गायक दीर्घ फुलाराको ‘नाउँ कि राम्णी धनी’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको अत्तरियाका दीर्घ फुलाराको नाउँ कि राम्णी धनी गीत सार्वजनिक भएको छ ।

CP Hospital Dhangadhi

दीर्घ फुलाराको युट्युब च्यानलबाट बुधबार उक्त गीत सार्वजनिक भएको हो । गीतमा दीर्घ फुलारा र पुर्ण कला बिसीले आवाज दिएका छन् । दीर्घ फुलाराकै लिरिक्स र म्युजिक रहेको गीतको निर्देशन भीम थापाले गरेका छन् । गीतको भिडियोमा स्वयम दीर्घ फुलारा र झरना बोहराको मुख्य अभिनय गरेका छन् ।

गायक फुलाराले गीतमा सुदुरपश्चिमकै झल्को दिने देउडा भाकाले पुरानो परम्परालाई दोहोरी भाकामा समावेश गरिएको बताए । १ सय भन्दा बढी गीत निर्माण गरिसकेका फुलाराको नाउँ कि राम्णी धनी यो वर्षको मात्रै पाचौं गीत हो ।