गण्डकी प्रदेश प्रमूख भट्टलाई गृहनगर जोरायलमा अभिनन्दन, दोश्रो जोरायल महोत्सवको समापन

Image
Nisarga Hospital

डोटी: डोटीको जोरायल घर भइ हाल गण्डकी प्रदेश प्रमूख डिल्लीराज भट्टलाई गृहनगर जोरायलमा अभिनन्दन गरिएको छ ।

CP Hospital Dhangadhi

गण्डकी प्रदेश प्रमूख नियुक्त भएपश्चात पहिलो पटक जोरायल पुगेका भट्टलाई समग्र जोरायल गाउँपालिकाबासीको तर्फाबाट जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले अभिनन्दन गरेको हुन् ।

nawajiwan

समृद्धिको अभियानज, जोरायलको पहिचान भन्ने मूल नाराका साथ युनिक युथ स्पोर्ट्स क्लबको आयोजनामा २०८० चैत २८ गतेदेखि सञ्चालन भई सोमबार भएको समापन समारोहलाई प्रमूख अतिथिका रुपमा सम्बोधन गर्न पुगेका बेला अभिनन्दन गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश प्रमूख भट्टले आफु हुर्के बढेको जोरायलमा गरिएको अभिनन्दनका लागि आभार प्रकट गर्नुका साथै दोश्रो जोरायल महोत्सवमा प्रमूख आतिथ्यता प्रदान गरेको आयोेजक सँस्थालाई धन्यवाद दिए ।

Attariya Hospital

त्यस्ूतै जोरायल महोत्सवको पूर्व सन्ध्यामा गाउँपालिकाको टिम भ्रमणका क्रममा गण्डकी प्रदेशमै पुगेर महोत्सवका लागि निमन्त्रणा गरेकोमा उक्त भेटबारे पनि सबैतिर सकारात्मक सन्देश गएको उनले बताए ।

त्यस्तै विभिन्न राष्ट्रिय कलाकारहरुको सहभागितामा जोरायलबासीलाई मनोरञ्जन समेत दिलाएको र कला सँस्कृति संरक्षणमा पनि योगदान पुगेको उनले बताए ।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा बोल्दै जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले एउटा क्लबका युवाहरु मिलेर महोत्सव आयोजना गरेकोमा जोरायलको समग्र विकासमा ठूलो सहयोग पुगेको बताए ।

महोत्सव आयोजना गर्न सहयोग गर्ने विभिन्न सरकारी तथा गैर सरकारी संघ सँस्था, व्यक्ति सबैलाई सम्मान गर्दै आयोजक सँस्था युनिक युथ स्पोर्ट्स क्लबका अध्यक्ष पवन शाहुलाई धन्यवाद दिएका थिए ।

समापनका दिन कलाकारहरु गायिका लक्ष्मी आचार्य, नविन जेठारा ‘महासागर’ दिपेन्द्र ओली लगाएतले मनोरन्जन दिलाएका थिए ।