धनगढीमा निःशुल्क दन्त उपचार शिविर सम्पन्न

Image
Nisarga Hospital

धनगढी ः कैलालीको धनगढीमा भएको एक दिने निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार धनगढी उपमहानगरपालिका वडा नम्बर ७ को कार्यालयमा निःशुल्क दन्त शिविर सम्पन्न भएको हो ।

CP Hospital Dhangadhi

शिविरमा महिला, पुरुष र बालबालिका गरी दुई सय ५३ जनाले सेवा लिएका छन् । हिमालयन गौरीशंकर डेन्टल क्लिनिक प्रा.लि धनगढीको आयोजनामा शिविर सम्पन्न भएको हो । शिविरको आयोजक संस्था हिमालयन गौरीशंकर डेन्टल क्लिनिक प्रा.लि धनगढीका प्रबन्ध  निर्देशक रतन एसकेले दिएको जानकारी अनुसार शिविरमा ४२ जनाको खराव दाँत निकालिएको भने ५३ जनाको रगत परीक्षण गरिएको हो ।

शिविरमा निःशुल्क उपचार गर्नेहरुलाई हिमालयन गौरीशंकर डेन्टलमा उपचार गर्न आउनेलाई ३० प्रतिशत छुट दिने व्यवस्था गरिएको निर्देशक एसकेले जानकारी दिए । शिविरमा हिमालयन गौरीशंकर डेन्टलमा कार्यरत कन्सल्टेन्ट डेन्टल सर्जन डा. मनीषा न्यौपाने, डेन्टल सर्जन डा. समीक्षा थापा र डेन्टल सर्जन डा.हरिचन्द्र विष्टले शिविरमा सहभागी भएका बिरामीहरूलाई दन्त उपचार सेवा दिएको बताए।  उपमहानगरपालिका–७ को वडा कार्यालय, लायन्स क्लब अफ सञ्जीवनी धनगढी र उस्सु क्याइनको  सहकार्य रहेको थियो ।

nawajiwan
Attariya Hospital

हिमालयन गौरीशंकर डेन्टलको आयोजनामा धनगढीका विभिन्न वडामा निःशुल्क शिविरको आयोजना पटक–पटक सञ्चालन हुने गरेका छन् । शिविरको प्रमुख अतिथि धनगढी उपमहानगरपालिकाका उप प्रमुख कन्दकला राना रहेकी थिईन । यस्तै कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष मोती राना समाज सेवी शिवनगर खानेपानी अध्यक्ष राजेश खाती लगाएतको सहभागिता रहेको थिए ।