राइजिङ स्टार बोर्डिङ स्कुल नगद ५ लाखसहित सम्मानित

Image
Nisarga Hospital

धनगढी ःधनगढी वडा नम्बर,६ मा रहेको राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कुल नगद ५ लाखसहित सम्मानीत भएको छ। धनगढी उपमहानगरपालिकाको आज आफ्नो १० औँ स्थापना दिवशको अवसरमा राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कुल नगद ५ लाख, सम्मानपत्र र ट्रफी सहित सम्मानीत भएको हो।

CP Hospital Dhangadhi

धनगढी उपमहानगरपालिकाको “हाम्रो धनगढी,सफा धनगढी” अभियानमा नगरभरीमा उत्कृष्ट भुमिका निर्बाह गरेको र बिद्यालयको ५०० मिटर क्षेत्र वरीपरी सरसफाई गरी समुदायस्तरमै जनचेतना फैलाउन गरेको कार्यको मुल्याङकन गर्दै राइजिङ स्टारलाई सम्मान गरेको हो। राइजिङ स्टार स्कुल सरसफाई सगैं बिभिन्न सामाजिक र अतिरिक्त क्रियाकलापमा उपमहानगरपालिका सगं सहकार्य गर्दै आएको छ।

Attariya Hospital

आज १० औँ स्थापना दिवश समारोहका प्रमुख अतिथि उपप्रधान तथा सहरी बिकास मन्त्री प्रकाश मान सिहंले स्कुलका प्रिन्सिपल कलेन्द्र शाहीलाई सम्मानपत्र र ट्रफी प्रदान गरेका हुन् । सम्मानित भएपछि स्कुलका प्रिन्सिपल कलेन्द्र शाहीले उपमहानगरपालिकालाई धन्यवाद दिए। बिभिन्न सामाजिक काम सगैं धनगढी उपमहानगरपालिकाको हाम्रो धनगढी सफा धनगढी अभियान सफल पार्न गरेको कामको मुल्याकंन गरेकोमा उनले उपमहानगरलाई धन्यवाद दिएका हुन् ।उनले पुरस्कार पाएको रकम पनी सरसफाईसँग सम्बन्धी कार्यमा लगाउने बताए ।

nawajiwan