
बझाङ – केदारस्यूँ गाउँपालिकाका मुख्य बजारहरूमा अनुगमन गरिएको छ । दसैं तिहारलाई लक्षित गरि पालिका मातहत रहेका मुख बजारहरूमा सोमबार अनुगमन गरिएको हो ।

गाउँपालिका उपाध्यक्ष मनिषा धामीको संयोजकत्वमा गएको अनुगमन टोलीले पालिकाका मुख्य बजार देउरा, बागथला र झोता बजारमा अनुगमन गरिएको छ ।
चाडपर्वको बेला बजारमा किनमेल गर्नेहरूको भिडभाड लाग्ने र म्याद नाघेका अवैध सरसामान बिक्रीवितरण हुने भएकोले पालिकाले जिल्ला प्रशासन कार्यालय र घरेलुु कार्यालयसँगको समन्वयमा अनुगमन गरेको पालिका उद्यम विकास शाखा प्रमुख नरेश बहादुर जेठाराले बताए ।

अनुगमनका क्रममा म्याद नाघेका दैनिक उपभोग्य खाद्य सामाग्री अवैध सरसामान लगायत बजारमा बिक्रीवितरण हुने म्याद नाघेका सामान बरामद गरेर नष्ट गरिएको उपाध्यक्ष तथा अनुगमन संयोजक मनिषा धामीले जानकारी दिए । उहाँको अनुसार अनुगमनबाट २८ हजार भन्दा बढीको म्याद नाघेका सामाग्री बरातद गरि नष्ट गरिएको छ ।

पहिले भन्दा अहिलेको बजार अनुगमनमा म्याद नाघेका सामाग्री कम फेला परेको अनुगमन टोलीले जानकारी दिएको छ ।
अनुगमन टोलीले व्यापारीलाई म्याद नाघेका सामाग्री नबेच्न, नियमित कर चुक्ता गर्न , व्यवसाय दर्ता नगरी व्यवसाय गरिरहेका व्यापारीलाई दर्ता गर्न सुझाव दिएको थियो ।
व्यापारीहरूले पालिकाको टोलीले अनुगमन गर्न थालेपछि सामाग्रीको म्याद हेर्ने गरेको बताएका थिए ।
अनुगमन कार्यक्रममा अध्यक्ष उपाध्यक्ष मनिषा धामी , स्वास्थ्य शाखा प्रमुख अमराज बिष्ट , उद्योग विकास शाखा प्रमुख नरेश बहादुर जेठारा , उद्यमकर्ता धर्म जेठारा , सूचना अधिकारी लेखराज रावल , कृषि शाखा प्रमुख उपेन्द्र मल्ल, अन्य कर्मचारी , जिल्ला प्रशासन कार्यालय प्रतिनिधि, घरेलुु कार्यालय प्रतिनिधि सुरक्षाकर्मीको सहभागिता रहेको थियोे ।






























