भलिबल खेल्ने क्रममा खुट्टा भाँचिएका बिद्यार्थीको उपचार लागि ३० हजारभन्दा बढी आर्थिक सहयोग

Image
Nisarga Hospital

बझाङमा भलिबल खेल्ने क्रममा खुट्टा भाँचिएका बिद्यार्थीको उपचार लागि रकम संकलन गरिएको छ ।
केदारस्यूँ गाउँपालिका- १ मा रहेको गर्जेपानी माध्यमिक विद्यालयमा अध्यनरत सुरज ओडको उपचारका रकम संकलन गरिएको शिक्षक नारायण मल्लले जानकारी दिए ।

CP Hospital Dhangadhi

गर्जेपानीमा कक्षा ९ मा अध्ययनरत छात्र ओडको भलिबल खेल्ने क्रममा मंसिर १८ गते दायाँ खुट्टा भाँचिएको थियोे ।

Attariya Hospital

ओडको अहिले जिल्ला अस्पतालमा बझाङमा उपचार भइरहेको छ । उपचारका लागि गर्जेपानी माध्यमिक विद्यालयका शिक्षक कर्मचारीहरुले १३ हजार १ सय , विद्यार्थीले ६ हजार ८ सय ५५ , विद्यालयको बाल क्लबबाट ४ हजार ५ सय मयल नमुना सामाजिक बाल क्लबबाट २ हजार ५ र विद्यालय प्रशासनबाट ४ हजार गरि जम्मा ३० हजार ४ सय ६० रुपैयाँ रकम गरि उनलाई पठाएको छ ।

nawajiwan