सुदूरपश्चिमको विकासका लागि ‘पहिलो मेयर सम्मेलन’ डडेल्धुरामा आयोजना हुने

Image
Nisarga Hospital

डडेल्धुराको परशुराम नगरपालिकामा यही पुस १५ र १६ गते सुदूरपश्चिम प्रदेशको विकास, सम्भावना, अवसर र चुनौतीबारे छलफल गर्न पहिलो मेयर सम्मेलन हुने भएको छ। सम्मेलनमा सुदूरपश्चिमका सबै उपमहानगरपालिका, नगरपालिका प्रमुख र गाउँपालिकाका अध्यक्षहरूको सहभागिता रहनेछ।

CP Hospital Dhangadhi

सम्मेलनका उद्देश्य:

स्थानीय तहबीच समन्वय र सहकार्यमार्फत विकास प्रवर्द्धन।
विकासका नयाँ आयामबारे विचार आदानप्रदान।
दिगो रणनीतिहरू निर्माणका लागि साझा मञ्चको स्थापना।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

विमर्शका मुख्य विषयहरू:

युवा उद्यमशीलता र समावेशी विकास।
पर्यटन प्रवर्द्धन र समुदायलाई लाभ।
हरित उत्थानशील कृषि तथा विपद् व्यवस्थापन।
स्थानीय उत्पादनको पहिचान र प्राथमिकता।

विशेष पहलहरू:

महाकाली नदीमा ‘र्‍याफ्टिङ’ उद्घाटन।
सुदूरपश्चिमका प्रत्येक पालिकाका लागि ‘ट्रि गार्ड’सहित ८८ रुद्राक्षका रूख रोप्ने योजना।
नगरप्रमुख भरत बडायर जोशीका अनुसार यो सम्मेलनले सुदूरपश्चिम प्रदेशको समृद्ध भविष्यका लागि योजना र रणनीतिहरू तय गर्न ठोस आधार तयार गर्नेछ। सम्मेलनलाई निरन्तर अभियानका रूपमा अघि बढाउने योजना रहेको छ।

Dhnagadhi & Krishanapur