गोदावरीका साहिल खड्काले पेट्रोल इञ्जिनबाट चल्ने चार पांग्रे सवारी बनाए

Image
Nisarga Hospital

कक्षा १० मा अध्यनरत गोदावरी नगरपालिका–३, मालाखेतीका साहिल खड्काले आफ्नो मेहनत र लगनशीलताले पेट्रोल इञ्जिनबाट चल्ने चार पांग्रे सवारी निर्माण गरेका छन्। उनले यो सवारी बनाउनका लागि कुखुरा पालन र माछा पालनबाट आर्जित सम्पूर्ण बचत खर्च गरेका छन्।

CP Hospital Dhangadhi
Attariya Hospital

यो सवारीले ११ जना विद्यार्थीलाई विद्यालय जान सहज बनाउन सक्छ। साहिलको विद्यालय, मालाखेतीस्थित मोहना मोंटेश्वरी एकेडेमी, यो सवारीको यात्रामा सहकार्य गर्ने महत्वपूर्ण संस्था बनेको छ। विद्यालयका प्रधानाध्यापक देवराज भट्ट र गोदावरी आविष्कार केन्द्रले साहिललाई यस्तो नवीन प्रयासमा साथ र प्रोत्साहन प्रदान गरेका छन्।

साहिलको यो प्रयासले उनको गाउँमा मात्रै नभएर अन्य स्थानमा पनि प्रेरणाको स्रोत बनिरहेको छ। आर्थिक अभावको बाबजुद साहस र सिर्जनशीलताले अकल्पनीय उपलब्धि हासिल गर्न सकिन्छ भन्ने उदाहरण साहिल खड्काले प्रस्तुत गरेका छन्।

साहिल र उनको टोलीलाई उज्ज्वल भविष्यको शुभकामना।

nawajiwan