बझाङको छबिसपाथिभेरामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Image
Nisarga Hospital
CP Hospital Dhangadhi

बझाङको छबिसपाथिभेरा गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। शुक्रबारदेखि जनप्रिय माध्यमिक विद्यालय बगडगाउँमा पालिका स्तरीय ५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।

यस प्रतियोगितामा पालिकाभरका ८ वटा माध्यमिक  विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका छन्।

nawajiwan

उद्घाटन समारोहमा कार्यक्रमका प्रमुख अतिथि तथा सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नु भएको हो। कार्यक्रममा प्रमुख अतिथिले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक र बौद्धिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

प्रतियोगितामा एथलेटिक्स, , भलिबल, कबड्डी लगायतका विधाहरू समावेश गरिएका छन्। सहभागी खेलाडीहरूले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै जिल्ला तथा प्रदेश स्तरसम्मका लागि छनोट हुने अवसर पाउने छन्।

रनिङ शिल्ड प्रतियोगिताले पालिकाभरका प्रतिभावान खेलाडीहरू पहिचान गर्ने लक्ष्य राखेको छ।

Attariya Hospital

पालिका खेलकुद समिति अध्यक्ष रवीन्द्र सिंहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारी रहनु भएको थियोे । बिशिष्ठ अतिथिमा जिल्ला समन्वय समिति उपप्रमुख कृष्णबहादुर बिष्ट, गाउँपालिका अध्यक्ष बसन्त बहादुर चलाउने , उपाध्यक्ष लक्षिमन बोहरा रहनु भएको थियोे ।

अन्य अतिथिमा ७ वटै वडाका वडाध्यक्ष , कार्यपालिका सदस्य, निमित्त प्रमुख प्रशासकीय अधिकृत गगन ऐडी, पालिका शाखा प्रमुख , शिक्षक अभिभावक, राजनीतिदलका प्रमुख प्रतिनिधि , पत्रकार , सुरक्षाकर्मी लगायत रहनु भएको थियोे ।

आज पहिलो दिन लामो दौड प्रतियोगिता भएको छ ।

अन्य बाँकी खेलहरू भोलिबाट हुनेछन् ।