राष्ट्रपति रनिङ शिल्डको उपाधि जित्ने विद्यालयलाई वडाध्यक्ष सिंहले एक महिनाको पारिश्रमिक प्रदान गर्ने 

Image
Nisarga Hospital

बझाङ:  पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उपाधि जित्ने विद्यालयलाई वडाध्यक्ष करनजंग बहादुर सिंहले आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गर्ने  घोषणा गरेका छन् ।

CP Hospital Dhangadhi

आज शुक्रबारदेखि जनप्रिय माध्यमिक विद्यालय बगडगाउँमा सुरु भएको ५ औं संस्करणको छबिसपाथिभेरा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जित्ने विद्यालयलाई वडा नम्बर १ का वडाध्यक्ष सिंहले आफ्नो एक महिनाको पारिश्रमिक २२ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरेका हुन् ।


वडाध्यक्ष सिंहले खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्दै विद्यालयस्तरीय प्रतिभा विकासमा सहयोग पुर्‍याउने उद्देश्यले यो निर्णय गरेका हुन्। उनले भने, “खेलकुदले विद्यार्थीहरूको शारीरिक र मानसिक विकास मात्र नभई समाजमा एकता र अनुशासन पनि स्थापित गर्दछ। विद्यार्थीलाई यस क्षेत्रमा प्रोत्साहन दिन म मेरो तर्फबाट सानो सहयोग गर्न चाहन्छु।”

nawajiwan

यस घोषणाले स्थानीय विद्यालयहरू र विद्यार्थीहरूमा ठूलो उत्साह थपेको छ।  प्रतियोगितामा विभिन्न विद्यालयका छात्र–छात्राले सहभागिता जनाएर आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन्।

Attariya Hospital

वडाध्यक्ष सिंहको यो कदमले खेलकुदप्रति स्थानीय सरकारको सक्रियता र समर्थनलाई झल्काएको छ।

स्थानीय स्तरमा यस्ता गतिविधि निरन्तर गराउनका लागि यो उदाहरणीय पहलको रूपमा रहेको छ।