
नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ। निगमले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार बुधबार बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलको भाउ लिटरमा १ रूपैयाँ र डिजेलको भाउ २ रूपैयाँले वृद्धि गरिएको छ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यसूचीको आधारमा नेपाल आयल निगमले मूल्य समायोजन गरेको हो। नयाँ मूल्य देशभरका विभिन्न क्षेत्रअनुसार लागू हुनेछ, जसका लागि निगमले तीन वर्ग विभाजन गरेको छ।
पहिलो वर्ग
चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।
पेट्रोल: १६० रूपैयाँ ५० पैसा प्रतिलिटर
डिजेल/मट्टीतेल: १५० रूपैयाँ ५० पैसा प्रतिलिटर
दोस्रो वर्ग
सुर्खेत र दाङ क्षेत्र:
पेट्रोल: १६२ रूपैयाँ प्रतिलिटर
डिजेल/मट्टीतेल: १५२ रूपैयाँ प्रतिलिटर
तेस्रो वर्ग
काठमाडौं, पोखरा र दिपायल क्षेत्र: मा पेट्रोलको भाउ १६३ रूपैयाँ प्रतिलिटर र
डिजेल-मट्टीतेलको प्रतिलिटर १५३ रूपैयाँ पर्नेछ।



























