
डडेल्धुरा: समाजवादी प्रेस संगठन नेपाल डडेल्धुराको दोस्रो जिल्ला अधिवेशनले शेरबहादुर भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा टिकाराम साउँद र भरत चुनारा, सचिवमा भक्तबहादुर गाहामगर, सह–सचिवमा निर्मला विश्वकर्मा र पार्वती बोहरा, र कोषाध्यक्ष टिकेश्वरी थापा सर्वसम्मत चयन भएका छन्।
नवगठित कार्यसमितिका सदस्यहरूमा विमलप्रसाद बोहरा, ललिता रावल, कमला शाही, मनिष विसी, गोमती बोहरा, पूजा भण्डारी, सुनिता पार्की, भावना थापा मगर, लक्ष्मी भट्ट, मेनुका साउँद, अमृत बोहरा र माधवी जोशी चयन भएका छन्।




समाजवादी प्रेस संगठनका अध्यक्ष भण्डारीले श्रमजीवी पत्रकारहरूको हकहितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।


































