जोरायलको प्रसिद्ध चडेउला देवताको मन्दिरमा चढाइयो “कालिका भगवती” को मुर्ति

Image
Nisarga Hospital

डोटी : डोटीको जोरायल गाउँपालिका – ४ सिलङ्गीबाग स्थित प्रसिद्ध चडेउला देवताको मन्दिरमा “कालिका भगवती”को मुर्ति चढाइएको छ ।

CP Hospital Dhangadhi

जोरायल गाउँपालिका – ३ कोटेली बस्ने स्वर्गीय परमानन्द भट्टका नाति, स्वर्गीय शिवदत्त भट्ट (मिम्बर काजी) का छोरा दुर्गादत्त भट्ट तथा श्रीमती करुणा देवी भट्ट लगाएत भट्ट परिवारले एक लाख पन्ध्र हजार पाँच सय पचपन्न रुपैयाँ लागतको मुर्ति चढाएका हुन् ।
जोरायल गाउँपालिकाको सहयोगमा आर्थिक वर्ष २०७६/७७ मा ५ लाख र २०७७/७८ मा ४ लाख गरि कूल ९ लाखको लागतमा चडेउला देवताको मन्दिर निर्माण गरिएको थियो ।

शुक्रबार घन्टेश्वर देवताका पुजारी दशरथ जोशी र पिनाकेश्वर देवताका पुजारी दीर्घराज ओझाले संयुक्त रूपमा मुर्तिको शुभपूजन गरि मन्दिरभित्र राखिएको चडेउला देवता व्यवस्थापन समितिका सचिव मरिचमान खड्काले जानकारी दिए ।
कार्यक्रममा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा लगाएत स्थानीय धार्मिक अगुवा, समाजसेवी, भक्तजनहरुको सहभागिता रहेकोे थियो ।

nawajiwan
Attariya Hospital

चडेउला देवताको मन्दिर स्थलमा भाइटिका तिहारको बेला प्रतिपदादेखि तृतीया तिथिको बिहानसम्म भव्य मेला लाग्दछ । जसलाई जोरायलको ‘दुत्ते मेला’ भनेर चिनिन्छ । जुन मेला जोरायल क्षेत्रको सबैभन्दा ठुलो मेला पनि हो ।

उक्त मन्दिरमा जेठ, मंसिर र साउन महिनाको कृष्णपक्षमा बोका बलि सहित पुजाआजा गर्ने गरिन्छ ।
उक्त धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि २०८० सालमा चडेउला देवता व्यवस्थापन समितिलाई आधिकारिक सँस्थाका रूपमा जिल्ला प्रशासन कार्यालय डोटीमा दर्ता पनि गरिसकेको छ ।