अन्तराष्ट्रिय बहुभाषिक साहित्य सङ्गोष्ठी सम्पन्न/ नेपाल भारतका स्रष्टा डोटीमा

Image
Nisarga Hospital

धनगढी ः सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानको आयोजनामा डोटीको सिलगढीमा बहुभाषिक अन्तराष्ट्रिय साहित्यिक सङ्गोष्ठी सम्पन्न भएको छ। नेपाल र भारतका दुइसय बढी लेखक, साहित्यकार; भाषाविद् तथा कलाकारको सहभागिता रहेको सङ्गोष्ठीको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले उद्घाटन गरेका हुन्। सो अवसरमा बोल्दै प्रदेश प्रमुख मियाँले सुदूरपश्चिम प्रदेश भाषा, साहित्य र संस्कृतिका दृष्टिले सम्पन्न रहेको बताउदै सुदूरपश्चिमलाई सुदूर भन्न नहुने र सुन्दर पश्चिम भन्नु पर्ने बताए।

CP Hospital Dhangadhi

प्रदेश प्रमुख मियाँले जनप्रतिनिधिहरूको इच्छा शक्ति भए सुदूरपश्चिमको विकास गर्न सकिने थुप्रै आधारहरू भएको बताए। समारोहमा सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. टीएन जोशीले भाषिक र सांस्कृतिक आन्दोलनको सुरूवात डोटीबाट शुरू गरिएको बताए। उनले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले प्रदेशको मानक भाषा निर्धारणका लागि प्राज्ञिक बहसको थालनी समेत गरिएको बताए। समारोहमा प्रदेश सभा सदस्य शिवसिंह ओलीले पहाडी क्षेत्रको सन्तुलन र विकासका लागि प्रदेश राजधानी डोटी नै उपयुक्त हूने बताए। उनले प्रदेशको कला, संस्कृति र सभ्यताको विकासका लागि सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानले प्रशंसनीय कार्य गरिरहेको बताए।

nawajiwan

प्रदेश सभा सदस्य चक्र मल्लले प्रज्ञा-प्रतिष्ठानलाई स्वायत्त र अधिकार सम्पन्न बनाउन प्रदेश सभाले प्रतिष्ठानको ऐन संशोधन गरेको र छिटै पूर्णता पाउने बताए। सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीको सभापतित्वमा सम्पन्न समारोहमा पूर्व सांसद यज्ञराज पाठक, दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख बाजिसिंह खड्का,पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्याय,संस्कृतिविद डा. तुलसीराम खनाल, महाकाली साहित्य संगमका अध्यक्ष हरिश प्रसाद जोशी, वरिष्ठ साहित्यकार वीरबहादुर चन्द, जगदीश ओझा, धर्मराज जोशी, सागर कुश्मी, लक्ष्मी राना, एनके जोशी, चन्द्र थापा, डिलबहादुर महरा,पिङ्की बोहरा, भारतीय साहित्यकार आकाश प्रभाकर,रामहरि ओझा लगायतका स्रष्टाहरूले रचना वाचन र समसामयिक विषयबस्तुबारे आफ्ना धारणा राखे।

Attariya Hospital

कार्यक्रममा सुदूरपश्चिममा साहित्यिक पत्रकारिताको अवस्था र चुनौति विषयमा रामहरि ओझाले र सुदूरपश्चिमको भाषिक स्थितिका विषयमा फणेन्द्र साउदले कार्यपत्र प्रस्तुत गरेका थिए। उक्त दुबै कार्यपत्रमाथि साहित्यकार एनके जोशी,वीरबहादुर चन्द र हरिश जोशीले टिप्पणी गरेका थिए।नेपाल र भारतका दुइसय बढी स्रष्टाहरूको उपस्थिति रहेको समारोहमा जनप्रतिनिधिहरू, पालिका अध्यक्ष तथा उपाध्यक्षहरू, सञ्चारकर्मीहरू,भाषाविद्हरू, साहित्यिक पत्रकारहरू र कलाकारको भव्य उपस्थिति थियो।

समारोहमा लोक संस्कृति झल्किने बिबिध नृत्य तथा झाँकीहरू प्रस्तुत भएका थिए। कार्यक्रम सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानको आयोजनामा, नेपाली लेखक संघ डोटीको सहकार्यमा र दिपायल सिलगढी नगरपालिकाको सहयोगमा सम्पन्न भएको हो। कार्यक्रममा स्वागत युवा साहित्यकार फणिन्द्र साउदले गरेका थिए भने सञ्चालन कवि तोयानाथ भट्टले गरेका थिए। समारोहमा प्रमुख अतिथि प्रदेश प्रमुख नजिर मियाँ र उपकुलपति डा. टीएन जोशीले स्रस्टाहरू, साहित्यिक पत्रकारहरू र आगन्तुक भारतीय साहित्यकारहरू लाई सम्मानित गरिएको थियो।