डडेल्धुरा मेडिकल कलेजमा दुई नयाँ संकायको पढाइ सुरु

Image
Nisarga Hospital

डडेल्धुरा : सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको डडेल्धुरा मेडिकल कलेजले आइतबारदेखि थप दुई संकायको पढाइ सुरु गरेको छ।

CP Hospital Dhangadhi

वीपीएच (ब्याचलर अफ फार्मेसी) र बीएस्सी नर्सिङ (ब्याचलर अफ साइन्स इन नर्सिङ) सञ्चालनको अनुमति पाएसँगै कलेजले पठनपाठन थालेको हो।

यसअघि, कलेजले गत वर्षदेखि बीएस्सी एमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी) कार्यक्रम सञ्चालन गर्दै आएको थियो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

मेडिकल कलेजका डिन डा. हेमनाथ जोशीका अनुसार, वीपीएचमा १० र बीएस्सी नर्सिङमा २० जनाको कोटा पाइएकोमा हालसम्म क्रमशः ५ र १८ जना विद्यार्थी भर्ना भइसकेका छन्। बीएस्सी एमएलटीमा १० सिटमध्ये ६ जना भर्ना भएका छन् भने गत वर्ष ८ जना भर्ना भएका थिए।

मेडिकल कलेजका सह-प्राध्यापक धर्मराज भट्टले दुई वर्षमै तीनवटा कार्यक्रम सञ्चालनमा आउनु खुसीको विषय भएको बताए। ‘यो सफलताको पहिलो पाइला मात्र हो, अझै थप कार्यक्रमहरू सञ्चालन हुँदै जानेछन्,’ उनले भने, ‘अस्पतालको स्तरोन्नति भए एमबीबीएस कार्यक्रम पनि सञ्चालन हुनेछ।’

डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझाले सबैको सामूहिक प्रयासबाट मेडिकल कलेजले सफलता हासिल गरेको उल्लेख गरे। ‘विद्यार्थीलाई आवश्यक सहयोग गर्न अस्पताल सधैं तयार छ। तीन सय श्ययाको अस्पताल बने एमबीबीएस कार्यक्रम पनि सञ्चालन गर्न सकिन्छ,’ उनले भने।

कार्यक्रमका क्रममा नयाँ विद्यार्थीहरूको स्वागतसमेत गरिएको थियो।

सरकारले २०७८ माघ १० मा डडेल्धुरा अस्पताललाई मेडिकल कलेजका रूपमा विस्तार गर्ने निर्णय गरेको थियो। एमबीबीएस पठनपाठन सुरु गर्नका लागि अस्पताललाई कम्तीमा ३०० श्ययामा स्तरोन्नति गर्नु आवश्यक छ, तर हाल अस्पताल १०० श्ययामा सञ्चालन भइरहेको छ।

Dhnagadhi & Krishanapur