वडा स्तरीय हाजिर जवाफ प्रतियोगिता सम्पन्न

Image
Nisarga Hospital

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका १ मा आयोजित वडा स्तरीय हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
वडा कार्यालयले आयोजना गरेको हाजिर जवाफ प्रतियोगिता आज जनप्रिय माध्यामिक विद्यालयमा बगडगाउँमा सम्पन्न भएको हो ।
प्रतियोगितामा वडा भित्रका विभिन्न विद्यालयका कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

CP Hospital Dhangadhi

प्रतियोगितामा जनप्रिय माध्यामिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ । त्यस्तै द्वितीय स्थान रोजग्लोरी र्बोडिङ स्कुलले हासिले गरेका छ, भने तृतीय जयपृथ्वी आधारभुत विद्यालय भएको वडाध्यक्ष करनजंग बहादुर सिंहले जानकारी दिए ।

प्रतियोगितमा प्रथम द्धितिय र तृतीय स्थान हासिल गर्ने विद्यालयका सहभागि विद्यार्थीलाई नगद पुरस्कार सहित मेडल प्रमाणपत्र प्रदान गरिएको थियो ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

जनप्रियका प्रधानाध्यापक पदम बहादुर खड्काको अध्यक्षतामा भएको कार्याक्रममा प्रमुख अतिथि वडाध्यक्ष सिंह रहनुभएको थियो । प्रमुख अतिथि सिंहले कार्यक्रममा बोल्दै विद्यार्थीहरूको बौद्धिक विकास र आत्मविश्वास अभिवृद्धिका लागि यस्ता प्रतियोगिताहरू महत्वपूर्ण हुने भएकाले आयोजना गरेको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
वडाका जनप्रतिनिधि ,पालिका प्रतिनिधि हरिलाल भट्टराई, विद्यार्थी, शिक्षक, अभिभावक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थितिले प्रतियोगितालाई अझ रोचक बनाएको थियो।

Dhnagadhi & Krishanapur