डडेल्धुरा बहुमुखी क्याम्पसमा स्ववियु सभापतिमा गौरव ऐर निर्वाचित

Image
Nisarga Hospital

डडेल्धुरा बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघका गौरव ऐर सभापतिमा निर्वाचित भएका छन्। उनले कूल खसेका ३७५ मतमध्ये १८४ मत प्राप्त गरे।

CP Hospital Dhangadhi

सभापतिका लागि संयुक्त प्यानलबाट मदन बोहरा र स्वतन्त्र समूहबाट कर्ण धामी प्रतिस्पर्धी थिए। नेपाली काँग्रेस बीपी निकट बोहरालाई एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन र माओवादी केन्द्र निकट क्रान्तिकारी विद्यार्थी युनियनको समर्थन रहेको थियो। निर्वाचन परिणामअनुसार बोहराले १२८ मत प्राप्त गरे भने स्वतन्त्र उम्मेदवार धामीले ५२ मत प्राप्त गरे।

निर्वाचन समितिका अनुसार क्याम्पसका ५५२ विद्यार्थीमध्ये ३७५ जनाले मतदान गरेका थिए। समानुपातिकतर्फ भने ३७६ मत खसेको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यसअघि, डडेल्धुरा बहुमुखी क्याम्पसको स्ववियु सभापति पनि नेविसंघकै दुर्गा भट्ट थिए। उनले यस पटक चुनाव लडेका नेविसंघ बीपीका मदन बोहरालाई पराजित गरेका थिए।

Dhnagadhi & Krishanapur