सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि दर्ज गरिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ (नेसुविमा) का अनुसार, मंगलबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेर १ लाख ७३ हजार ५०० रुपैयाँ पुगेको छ। यसअनुसार, प्रति १० ग्राम सुनको मूल्य १ लाख ४८ हजार ७५० रुपैयाँ रहेको छ।

CP Hospital Dhangadhi

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ३०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य उछाल आएको छ। मंगलबार प्रतितोला १ हजार ८८० रुपैयाँमा कायम रहेको चाँदीको मूल्य बुधबार १ हजार ९९० रुपैयाँमा पुगेको छ।

विदेशी बजारमा सुनको मूल्य बढेपछि नेपाली बजारमा पनि यसको असर परेको नेसुविमाले बताएको छ।