
नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। लगातार वृद्धि भइरहेको छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य १ लाख ७६ हजार २०० रुपैयाँ थियो। सोही दिनको तुलनामा आइतबार ६०० रुपैयाँले वृद्धि भई सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
चाँदीको मूल्य भने घटेको छ। शुक्रबार तोलाको २ हजार ४० रुपैयाँ रहेको चाँदी आइतबार १५ रुपैयाँ घटेर २ हजार २५ रुपैयाँ कायम भएको छ।



























