मुलुकको संवृद्धि र विकासको लागि तीनै तहको सरकारबिच समन्वय आवश्यक :प्रदेश प्रमुख मियाँ

Image
Nisarga Hospital

लुम्बिनीः सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले तीनै तहको सरकारबिच समन्वय,सद्भाव र एकता हुन आवश्यक रहेको बताएका छन् ।

CP Hospital Dhangadhi

कपिलवस्तुस्थित खुरुहुलियामा आयोजना गरिएको सम्मान तथा अन्तरक्रिया कार्यक्रममा प्रदेश प्रमुख मियाँले मुलुकको संवृद्धि र विकासको लागि तीनै तहको सरकारबिच समन्वय हुनुपर्ने बताएका थिए ।

‘तीनै तहको सरकारको एकल र साझा अधिकारको विषय संविधानमा उल्लेख गरिएको छ । ती अधिकारहरूमा रहेर नागरिकहरूलाई सेवा दिनुपर्छ’ प्रदेश प्रमुख मियाँले भने, ‘स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय हुनुपर्छ । त्यसो हुँदा मात्रै संवृद्धि र विकास चाँडै आउन सक्छ । ’

nawajiwan
Attariya Hospital

संविधानमा सबै वर्ग र समुदायका लागि पर्याप्त अधिकार उल्लेख गरिएको भन्दै प्रदेश प्रमुख मियाँले संविधानको रक्षा गर्न आवश्यक रहेको बताएका थिए । आफू लुम्बिनीवासी भएपनि सुदूरपश्चिममा प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्दा कुनै समस्या वा सकस नभएको उनको भनाइ थियो ।

गाउँपालिका अध्यक्ष गोपाल थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संविधानसभा सदस्य नेत्र प्रसाद पन्थी, शिवराज नगरपालिका पूर्व प्रमुख नेत्र प्रसाद अधिकारी, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साविर अली, समाजसेवी सफर अलि मियाँ, पूर्व जिल्ला शिक्षा अधिकारी. अब्दुल रहुफ, लगायतको सहभागिता रहेको थियो ।

बाजागाजासहित प्रदेश प्रमुखलाई भव्य स्वागत गरिएको थियो भने कार्यक्रममा सम्मान गरिएको थियो ।