सुदूरपश्चिमका पूर्व सांसद कर्ण मल्ल राजावादीको आन्दोलनमा समाहित

Image
Nisarga Hospital

अत्तरिया : सुदूरपश्चिम प्रदेशका पूर्व सांसद कर्णबहादुर मल्ल राजावादी आन्दोलनमा मिसिएका छन्। नेपाली काँग्रेसले कारबाही गरेपछि नेपाली काँग्रेस (वीपी) गठन गरेका मल्ल राजावादीको आन्दोलनमा मिसिएका हुन। उनी काँग्रेस वीपीका वरिष्ठ उपसभापति हुन्। राजसंस्था र हिन्दु राज्य पुर्नस्थापनका लागि डा. जगमान गुरुङको नेतृत्वमा गठित आन्दोलन समितिले बुधवार काठमाडौँमा आयोजना गरेको प्रतिबद्धता व्यक्त गर्ने कार्यक्रममा सहभागी भएर उनले राजवादीहरूको आन्दोलनमा सहभागी हुने प्रतिबद्धता जनाएका छन्।

CP Hospital Dhangadhi

अहिलेका शासकहरूले नेपालको पहिचान र धर्म मासिरहेको भन्दै भन्दै मल्लले राजा ज्ञानेन्द्र शाह नेतृत्वमा आन्दोलन सफल हुने विश्वास व्यक्त गरेका छन्। कुनै बेला नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका प्रिय पात्र मल्ल राजावादी कित्तामा देखिएका हुन्। डडेलधुरा जिल्लाका तत्कालीन सभापतिसमेत रहेका मल्ल देउवासँगकै द्वन्द्वका कारण काँग्रेसबाट निकालिएका थिए।

काँग्रेसबाटै प्रदेश सभा सदस्यसमेत भएका मल्लले पछि नेपाली काँग्रेस वीपीमा यात्रा थालेका थिए। तर, उक्त पार्टीका अधिकांश पदाधिकारीलाई काँग्रेसले आफूमा विलय गराएपछि एक्लिएका उनी अब राजावादी बनेका हुन्। मल्लले केही दिनअघि आफूलाई राजावादी लाइनमा खुलाएका थिए।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur