आईपीएलमा गुजरात टाइटन्सको उत्कृष्ट जित, बटलरको अविजित ९७ रन

Image
Nisarga Hospital

जोस बटलरको अविजित ९७ रनको उत्कृष्ट प्रदर्शनमा शनिबार गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गर्दै आइपिएल अंक तालिकाको शीर्षस्थानमा पुगेको छ। यो गुजरातको ७ खेलमा पाँचौं जित हो।

CP Hospital Dhangadhi

दिल्लीले पहिला ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा २०३ रन बनाएको थियो। उच्च आर्द्रताबीच टस हारेर बलिङ गरेको गुजरातले बटलरको ५४ बलमा ११ चौका र ४ छक्कासहितको धुुवाँधार प्रदर्शनमा ४ बल बाँकी छँदै लक्ष्य पूरा गर्‍यो। अन्तिम ओभरको पहिलो दुई बलमा राहुल टेवाटियाले छक्का र चौका हिर्काउँदै जित पक्का गरे।

Attariya Hospital

अहमदाबादको मैदानमा गुजरातले पहिलोपटक २०० रनको लक्ष्य सफलतापूर्वक पछ्याएको हो। कप्तान शुभमन गिल ७ रनमै आउट भए पनि साइ सुदर्शनले ३६ (२१ बल), सेरफेन रदरफोर्डले ४३ (३४ बल) रन बनाएर राम्रो साथ दिएका थिए।

nawajiwan

यसअघि दिल्लीका लागि अक्षर पटेलले ३९, आशुतोष शर्माले ३७, करुण नैर र ट्रिस्टन स्टब्सले समान ३१ रन, केएल राहुलले २८ र अभिषेक पोरेलले १८ रनको योगदान दिए। गुजरातका प्रसिद्ध कृष्णले ४ ओभरमा ४१ रन खर्चेर ४ विकेट लिँदै प्रभावशाली प्रदर्शन गरे।