प्रतिनिधि सभाबाट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित हुँदै

Image
Nisarga Hospital

प्रतिनिधि सभाले आज शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक पारित गर्दैछ। प्रतिनिधि सभाको आज बिहान ११ बजे बस्ने बैठकको कार्यसूचीमा विधेयक पारित गर्ने उल्लेख गरिएको छ।

CP Hospital Dhangadhi

बैठकमा विधेयक पारित गर्नु अघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विधेयकमाथि छलफलका लागि प्रस्ताव पेश गर्नेछन्। त्यसपछि सांसदहरूले विधेयक सम्बन्धी आफ्नो धारणा राख्नेछन्, र उठाइएका प्रश्नहरूको जवाफ मन्त्री पन्तले दिने कार्यक्रम तय गरिएको छ।

छलफल तथा जवाफपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गरिनेछ।

nawajiwan
Attariya Hospital

उक्त विधेयक राष्ट्रिय सभाबाट पारित भइसकेको हो। २१ असोज २०८० मा राष्ट्रिय सभामा दर्ता भएको विधेयक २९ माघ २०८० मा पारित भई प्रतिनिधि सभामा पठाइएको थियो। अब प्रतिनिधि सभाले आज विधेयक पारित गरेपछि प्रक्रिया अघि बढ्नेछ।

प्रतिनिधि सभाबाट पारित भएपछि विधेयक पुनः राष्ट्रिय सभामा पेश गरिनेछ। राष्ट्रिय सभा अध्यक्षमार्फत विधेयक राष्ट्रपतिसमक्ष पठाइनेछ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयक ऐनका रूपमा कार्यान्वयनमा आउनेछ।