रुस–युक्रेन वार्ता सकारात्मक : एक हजार युद्धबन्दी रिहा गर्ने सहमति

Image
Nisarga Hospital

तीन वर्षभन्दा बढी समयदेखि जारी रुस–युक्रेन युद्धमा पहिलो पटक सकारात्मक संकेत देखिएको छ। टर्कीको मध्यस्थतामा साढे दुई घण्टा लामो वार्तापछि दुवै पक्षले एक-अर्काका एक हजार युद्धबन्दीहरू रिहा गर्ने सहमति जनाएका छन्।

CP Hospital Dhangadhi

सन् २०२२ को मार्चपछि पहिलो पटक रुस र युक्रेनका अधिकारी प्रत्यक्ष रूपमा वार्तामा बसेका हुन्। यो वार्ता युद्धविरामतर्फको सम्भावित कदमको रूपमा हेरिएको छ।

वार्तामा रुसले युद्ध अन्त्यका लागि नयाँ र कठोर सर्तहरू राखेको बताइएको छ। तीमध्ये युक्रेनले आफ्ना केही भूभागबाट सेना हटाउनुपर्ने प्रमुख शर्त हो।

nawajiwan

युक्रेनी सहायक विदेश मन्त्री सेरहिय खेलिस्टाले यो निर्णय एक हजार युक्रेनी परिवारका लागि खुसीको खबर भएको प्रतिक्रिया दिए। युक्रेनी रक्षा मन्त्री रुस्ताम उमेरोभले अर्को चरणको वार्ता चाँडै हुने जानकारी दिँदै, राष्ट्रपति पुटिन र राष्ट्रपति जेलेन्स्कीबीचको सम्भावित वार्ताले भविष्यको दिशा निर्धारण गर्ने बताएका छन्।

Attariya Hospital

रुसको वार्ता टोलीको नेतृत्व गरिरहेका राष्ट्रपति पुटिनका प्रमुख सल्लाहकारले पनि वार्ता सकारात्मक भएको र आगामी चरणको तयारी भइरहेको बताएका छन्।

यद्यपि, केही विश्लेषकहरूले रुसले वार्ताको नाममा रणनीतिक चाल अपनाउँदै युक्रेनका समर्थनकर्ताहरूलाई झुक्याउने प्रयास गरिरहेको आशंका व्यक्त गरेका छन्। अर्कोतर्फ, युरोपेली संघ १८औं चरणको प्रतिबन्ध लगाउने तयारीमा छ।

वार्ताको समय अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनसँग प्रत्यक्ष वार्तामार्फत मात्र युद्ध अन्त्यको समाधान सम्भव हुने धारणा राखेका छन्।