परशुराम नगरपालिकाको छोरी–बुहारी छात्रवृत्ति : १०२ जनालाई ६ लाखको छात्रवृत्ति वितरण प्रक्रिया सुरु

Image
Nisarga Hospital

डडेल्धुराः परशुराम नगरपालिकाले चालू आर्थिक वर्ष २०८१/०८२ का लागि छोरी–बुहारी छात्रवृत्ति वितरण प्रक्रिया सुरु गरेको छ। नगरपालिकाले गत चैत ६ गते सूचना प्रकाशित गर्दै आवेदन आह्वान गरेको थियो। उक्त छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीहरूको नाम समावेश गरिएको छोटो सूची सोमबार सार्वजनिक गरिएको हो।

CP Hospital Dhangadhi

नगर प्रमुख प्रशासनिक अधिकृत कल्पना भट्टका अनुसार, चालू वर्षका लागि करिब ६ लाख रुपैयाँ बराबरको बजेट छुट्याइएको छ। मापदण्डअनुसार छनोट भएका ९१ जना गैर–प्राविधिक विषय अध्ययनरत र ११ जना प्राविधिक विषय अध्ययनरत छोरी–बुहारीहरूले छात्रवृत्ति पाउनेछन्।

nawajiwan

Attariya Hospital

उहाँले जानकारी दिनुहुँदै भन्नुभयो, “यो वर्ष १०२ जनालाई न्यूनतम ४ हजार २ सयदेखि अधिकतम ५० हजार रुपैयाँसम्म छात्रवृत्ति प्रदान गरिनेछ।”

नगरपालिकाको नीति अनुसार, कुनै पनि छोरी–बुहारी प्राविधिक वा अन्य विषयको उच्च शिक्षा हासिल गर्नबाट वञ्चित नहोस् भन्ने उद्देश्यले यो कार्यक्रम संचालन गरिएको हो।

परशुराम नगरपालिकाले अघिल्लो वर्षदेखि नै नीति तथा कार्यक्रममार्फत बजेट विनियोजन गरी छात्रवृत्ति प्रदान गर्दै आएको छ। छोरी–बुहारी छात्रवृत्ति कार्यक्रम पछिल्लो समय लोकप्रिय र प्रशंसनीय पहलका रूपमा स्थापित हुँदै गएको छ। मेयर, उप–मेयरसहित सम्पूर्ण कार्यपालिका यस कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर अघि बढाइरहेका छन्।

यससँगै, नगरपालिकाले बिनाधितो शैक्षिक ऋण योजना पनि कार्यान्वयनमा ल्याएको छ। चालू वर्षमा १५ हजारदेखि ५ लाख रुपैयाँसम्मको शैक्षिक ऋण प्राविधिक विषय अध्ययनरत विद्यार्थीलाई उपलब्ध गराउने योजना नगरपालिकाले जनाएको छ।