यसपाली बर्षातमा बुढीतोलामा सडक अवरुद्ध नहुने, पुनर्निर्माण कार्य अन्तिम चरणमा

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा न. ४ अन्तर्गत बुढीतोला सडकखण्डमा यो वर्षको वर्षातमा सडक अवरुद्ध नहुने भएको छ। दुई वर्ष अगाडी साउन महिनामा आएको पहिरोले सडक भासिँदा एक हप्ता आवगमन पूर्णरूपमा बन्द भएको थियो। यसले सुदूरपश्चिमको जनजीवन प्रभावित बनाएको थियो।

CP Hospital Dhangadhi
budhitola

भीमदत्त राजमार्ग सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने मुख्य सडक हो। बुढीतोलामा सडक भासिएपछि वैकल्पिक मार्गको पनि छलफल भएको थियो। अहिले सडक पुनर्निर्माण तीव्र रूपमा भइरहेको छ। बुढीतोला सडकखण्डको बैकल्पिक सडकखण्डका रुपमा गोदावरी नगरपालिका अन्तर्गत चौकीडाँडा–फल्टुडे सडक खण्डमार्फत पनि काम अगाडि बढाइएको छ।

nawajiwan
budhitola

सडक डिभिजन कार्यालय महेन्द्रनगरका सवइन्जिनियर नरेश भट्टका अनुसार हालसम्म करिब ७५ प्रतिशत काम पुनर निर्माण सम्पन्न भइसकेको छ र असार मसान्तसम्म बाँकी काम सक्ने लक्ष्य रहेको छ। बुढीतोला सडकखण्ड निर्माणका लागि जिएसआई हटरिया जेबीको कन्ट्रयान्ट रहेको छ भने उक्त निर्माणका लागि करिब ६ करोड लगानीमा पुनर निर्माणको काम हुदै गरेको भट्टले बताए ।

त्यसै गरी सडक डिभिजन कार्यालय महेन्द्रनगरले नै हाल अत्तरिया गोदावरी पुलको माथिल्लो घुम्तीसम्म रिसेलिङ कार्य तीव्र रूपमा अघि बढाइएको छ। अत्तरिया चोकदेखि झण्डै १४ किलोमिटर क्षेत्रमा टालटुल र ओभरले को काम भइरहेको छ। भट्टका अनुसार खाल्डा भरिसकेपछि मसिनो गिट्टी छरेर रोलरद्वारा दबाइने र सडक बलियो बनाइनेछ।

Attariya Hospital


यो कामका लागि आरडीआपीएसके जेभीसँग ठेक्का सम्झौता गरिएको छ। गत आर्थिक वर्षमा पनि महाकाली कन्स्ट्रक्सनसँग सम्झौता गरेर सडक रिकभरी मर्मतकार्य सम्पन्न गरिएको थियो। यस वर्ष करिब २ करोड १३ लाख रुपैयाँको बजेटमा पुनः मर्मत तथा सुधार कार्य भइरहेको छ।


सडक डिभिजन कार्यालयले तेघरी, गोदावरी, भ्यागुते पानीलगायत क्षेत्रका १४ सय मिटर सडकमा रीसेलिङ कार्य अन्तिम चरणमा पुगेको जनाएको छ। साथै, सडकमा पानी जमेर क्षति पुर्‍याउने समस्या समाधान गर्न आवश्यक नाला निर्माणको पनि तयारी भइरहेको छ।


यसरी पुनर्निर्माण कार्यले तीव्रता पाएसँगै बुढीतोला क्षेत्रको सडक सञ्जाल सुरक्षित र सञ्चालन योग्य बन्ने अपेक्षा गरिएको छ।

oplus_131072
budhitola
budhitola