विश्वकप–२०२६: जर्मनीको सानदार सुरुआत, कुराकाओलाई ७–१ ले पराजित

Image
Nisarga Hospital

चार पटकको विश्वकप विजेता जर्मनीले फिफा विश्वकप २०२६ मा उत्कृष्ट सुरुआत गरेको छ। अमेरिकाको ह्युस्टन रंगशालामा सम्पन्न समूह ‘इ’ को खेलमा जर्मनीले क्यारेबियन राष्ट्र कुराकाओलाई ७–१ को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा प्रभावशाली जित दर्ता गरेको हो।

CP Hospital Dhangadhi

पहिलो हाफमै जर्मनीले ३–१ को अग्रता बनायो। खेलको छैटौँ मिनेटमा फेलिक्स एनमेचाले गोल गर्दै अग्रता दिलाए पनि २१औँ मिनेटमा कुराकाओले बराबरी गर्‍यो। त्यसपछि निको स्लोटरबेक र काई हाभर्ट्जले गोल थप्दै जर्मनीलाई अग्रता दिलाए।

Attariya Hospital

दोस्रो हाफमा जर्मनी पूर्ण रूपमा हाबी रह्यो। जमाल मुसिएला, नाथनियल ब्राउन र डेनिज उन्डाभले गोल गर्दै स्कोर ६–१ बनाए। अन्तिम मिनेटमा हाभर्ट्जले व्यक्तिगत दोस्रो गोल गर्दै ७–१ को विशाल जित सुनिश्चित गरे। यस जितसँगै जर्मनीले समूह ‘इ’ मा ३ अंक जोड्दै शीर्ष स्थानमा बलियो सुरुआत गरेको छ।

nawajiwan