देउवाविरुद्ध जीवनभर चुनाव लड्ने कर्णसिंह रावलको निधन

Image
Nisarga Hospital

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जीवनभर निर्विरोध हुन नदिने प्रण गरेका डडेल्धुराका कर्णसिंह रावलको ८४ वर्षको उमेरमा निधन भएको छ। अमरगढी नगरपालिका निवासी रावललाई ‘मम्याल बाजे’ भनेर चिनिन्थ्यो, जसले २०५६ सालदेखि ५ वटा चुनावमा देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए।

CP Hospital Dhangadhi

रावलले देउवाले सरुवाको समयमा आफूलाई अन्याय गरेको गुनासो राख्दै प्रतिशोधस्वरूप राजनीतिक प्रतिस्पर्धा थालेका थिए। उनी २०४८ सालको चुनावमा देउवाका प्रचारकसमेत थिए। तर, एक सरुवामा आफूलाई बैतडी पठाइएको खबरले असन्तुष्ट बनेपछि जीवनभर देउवाविरुद्ध चुनाव लड्ने अठोट गरेका थिए।

Attariya Hospital

तीन दशक मालपोत कार्यालयमा सेवा गरेका रावल २०५४ सालमा अवकाश भएका थिए। उनको निधनसँगै देउवालाई चुनावी चुनौती दिने एक अद्वितीय पात्रको कथा पनि सकिएको छ।

nawajiwan