पूर्व युवराज्ञी हिमानी शाहद्वारा जुम्लामा सुत्केरी सेवा केन्द्रको शिलान्यास

Image
Nisarga Hospital

पूर्व युवराज्ञी हिमानी शाह छोरा हृदयेन्द्र शाहसहित जुम्ला पुगेकी छन्। हिमानी ट्रस्टले जुम्लाको गुठिचौर गाउँपालिका अन्तर्गत मनिसाङ्घमा निर्माण गर्न लागेको सुत्केरी सेवा केन्द्रको शिलान्यासका लागि उनी जुम्ला पुगेकी हुन्।

CP Hospital Dhangadhi

जुम्ला विमानस्थलमा शाहलाई स्थानीयवासीहरूले स्वागत गरेका थिए। सामाजिक उत्तरदायित्व अन्तर्गत हिमानी ट्रस्टले उक्त सेवा केन्द्र निर्माण गर्न लागेको हो।

Attariya Hospital

स्थानीयवासीका अनुसार यो सुत्केरी सेवा केन्द्र मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढ बनाउने दिशातर्फको एक महत्वपूर्ण र भावनात्मक योगदान हो। हिमानी ट्रस्टको यो पहल दुर्गम क्षेत्रका महिलाहरूको स्वास्थ्य सुविधा सुधार गर्न योगदान पुर्‍याउने विश्वास गरिएको छ।

nawajiwan