बाजुरेली समाज धनगढीद्वारा असार १५ गते रक्तदान कार्यक्रमको आयोजना, भवन निर्माण प्रक्रिया अघि बढाउने निर्णय

Image
Nisarga Hospital

बाजुरेली समाज धनगढीले आफ्नो स्थापना दिवसको अवसरमा यहि असार १५ गते रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ। शनिबार बसेको समाजको बैठकले रक्तदानमार्फत समाजिक उत्तरदायित्व निर्वाह गर्ने निर्णय गरेको हो।

CP Hospital Dhangadhi

समाजका सचिव हर्क ओलीका अनुसार कार्यक्रम नेपाल रेडक्रस सोसाइटी कैलाली कार्यालयमा बिहान ८ बजे सुरु हुनेछ। ओलीले भने, “बजारमा देखिएको रगत अभावलाई ध्यानमा राख्दै समाजले रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो। सबैलाई यसमा सहभागिता जनाउन आग्रह गर्दछौं।”

कार्यक्रमलाई प्रभावकारी बनाउन वरिष्ठ उपाध्यक्ष रामचन्द्र जोशीको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा महेन्द्र साउँद र कैलाश जोशी सदस्य रहेका छन्।

nawajiwan
Attariya Hospital

समाजका अध्यक्ष भरत केसीले “रक्तदान जीवनदान” भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रमलाई फरक शैलीमा भव्य रूपमा आयोजना गरिने बताए। उनले सम्पूर्ण सदस्य तथा शुभेच्छुकलाई रक्तदान कार्यक्रममा सहभागी भइ सफल बनाउन आह्वान गरे।

बैठकले समाजको भवन निर्माण प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ। समाजको आफ्नै जमिन धनगढी उपमहानगरपालिका वडा नं. ५, शिवनगरमा रहेको छ, जहाँ हाल एक कोठे भवन मात्र रहेको छ।