देशभर मनसुनी सक्रिय हुदै , केही क्षेत्रमा चट्याङ सँगै भारी वर्षाको सम्भावना

Image
Nisarga Hospital

देशभर हाल मनसुनी वायुको सक्रियता रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावस्वरूप कोशी, बागमती, मधेस र गण्डकी प्रदेशसहित अन्य केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी प्रदेश तथा देशका पहाडी भूभागहरूमा धेरै स्थानमा र बाँकी भूभागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने अनुमान गरिएको छ।

Attariya Hospital

देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का वर्षासहित हिमपात हुने सम्भावना समेत रहेको महाशाखाले जानकारी दिएको छ।

nawajiwan

आज रातिसमेत देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

महाशाखाले भारी वर्षाका कारण नदीहरूको जलसतह बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय हुन सक्ने भएकाले सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।