प्रधानमन्त्री ओली र नाउपा संरक्षक रेशमबीच बालुवाटारमा भेटवार्ता

Image
Nisarga Hospital

प्रधानमन्त्री केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ। सोमबार उनीहरूबीच बालुवाटारमा करिब एक घन्टा छलफल भएको हो।

CP Hospital Dhangadhi

सुदूरपश्चिम प्रदेशका मन्त्री रामेश्वर चौधरीको बर्खास्तीपछि विकसित राजनीतिक घटना क्रमबारे उनीहरूबीच छलफल भएको स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री ओलीले नाउपा संरक्षक चौधरीलाई सरकारबाट नबाहिरिन आग्रह गरेको स्रोतको भनाइ छ।

Attariya Hospital

नाउपा संरक्षक चौधरीले भने समसमायिक राजनीतिक विषयमा छलफल भएको पुष्टि गरे।, हाम्रो मन्त्री बर्खास्तीमा परेको विषयमा प्रधानमन्त्रीजीसँग छलफल भयो। हामीले पहिल्यैदेखि भन्दै आएका हौं, दलीय सहमतिमा हामी यो गठबन्धनमा आएका हौं। कसैले दादागिरी शैलीमा हाम्रा मन्त्रीलाई बर्खास्त गर्नु राम्रो भएन। यिनै विषय केन्द्रित भएर हामीबीच छलफल भयो, उनले भने।

nawajiwan

यद्यपि नाउपा संसद बैठकमा प्रतिपक्षी बेन्चमा बसेको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ आजको संसद बैठकमा प्रतिपक्षी बेन्चमा बसेकी थिइन्। यसअघि नै नाउपाले संघसहित सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। नाउपाबाट ओली सरकारमा सहभागी भएका पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीले राजीनामा दिने तयारी गरे पनि प्राविधिक कारणले अझैसम्म उनले राजीनामा बुझाउन नपाएको स्रोतको भनाइ छ।