डडेल्धुरा – पुख्र्यौली थलोमा नर्सरी र बाख्रापालनमा जुटे वन अधिकृत भट्ट

Image
Nisarga Hospital

डिभिजन वन कार्यालय कैलालीका डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट डडेल्धुराको अजयमेरु गाउँपालिका–३, भद्रपुर नजिकैको पल्लीसिरोलीमा जडीबुटी नर्सरी र बाख्रापालनमा सक्रिय छन्। तराईमा जन्मिए पनि भट्टले पुख्र्यौली थातथलोमा नर्सरी स्थापना गरी श्रीखण्ड, रुद्राक्ष, टिमुर, दालचिनी, बकाइनो, बाँस लगायतका बिरुवा हुर्काइरहेका छन्। हाल उनका नर्सरीमा १५ हजार बोधिचित्तका बिरुवा छन्।

CP Hospital Dhangadhi

उनले बाँझो रहेको जमिनमा अगरउड र बोधिचित्तका सयौँ बिरुवा रोपेका छन्। साथै ठूला जातका दुई सय माउ बाख्रा पाल्ने लक्ष्यका साथ बाख्रापालन सुरु गरेका छन्। उनका अनुसार एक वर्षमा पाँच सय पाठापाठी उत्पादन हुने र राम्रो आम्दानी हुने अनुमान छ।

बाख्रापालनलाई सघाउन उनले १० हजार डाले घाँसका बिरुवा रोपेका छन्। साथै मौरीपालनको योजना पनि बनाएका छन्। तातो क्षेत्रका लागि उपयुक्त आँप, लिची, चिउरी जस्ता बिरुवा हुर्कँदा मौरीपालनमा पनि फाइदा हुने उनको विश्वास छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

भट्ट ३० वर्षअघि पहिलोपटक आफ्नो पुख्र्यौली घर घुम्न आएका बेला करिब तीन सय रोपनी जमिन एकलौटी रहेको थाहा पाएपछि उक्त जमिनको सदुपयोग गर्ने सोचले नर्सरी र पशुपालनमा लागेका हुन्। “बाँझो जमिनको सदुपयोग गरेर अरूलाई पनि प्रेरणा दिन चाहिएको हो,” उनले भने।

Dhnagadhi & Krishanapur