डोटीमा संस्थागत सुत्केरी हुनेको संख्या सन्तोषजनक

Image
Nisarga Hospital

डोटी: डोटीमा स्वास्थ्य संस्थामै सुत्केरी (सँस्थागत सुत्केरी) हुनेको संख्या बढ्दो क्रममा रहेकाले सन्तोषजनक रहेको पाईएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

CP Hospital Dhangadhi
Attariya Hospital

जिल्लामा रहेका ९ वटै पालिकाबाट प्राप्त रिपोर्ट अनुसार घरमै सुत्केरी हुनेको संख्या घट्दो क्रममा रहेको र स्वास्थ्य सँस्थामा नियमित गर्भजाँच सहित सुत्केरी हुनेको संख्या बढ्दो क्रममा रहेको पाईएको मंगलबार आयोजित स्वास्थ्य कार्यक्रमको प्रगति, सूचना प्रवाह सम्बन्धी अन्तरक्रिया कार्यक्रममा जानकारी दिईएको हो ।

स्वास्थ्य कार्यालय डोटीका प्रमूख एवं बरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश मलासीद्वारा प्रस्तुत प्रतिवेदन अनुसार डोटीमा २०८२ जेठ महिनासम्ममा सँस्थागत सुत्केरी हुनेको संख्या ६३ प्रतिशत रहेको छ । तर ४८ जना महिला भने घरमै सुत्केरी भएको पाईएको छ । असार महिनाको तथ्यांक भने समावेश गर्न बाँकी नै रहेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा घरमै सुत्केरी हुनेको संख्या ८७ जना रहेको थियो ।

पालिकागत तथ्यांक हेर्दा यस वर्ष सबैभन्दा बढी सायल गाउँपालिकामा १५, शिखर नगरपालिका र बोगटान फुड्सिल गाउँपालिकामा ८/८, पूर्वीचौकी गाउँपालिकामा ५, दिपायल सिलगढी नगरपालिका र बडिकेदार गाउँपालिकामा ४/४, जोरायल गाउँपालिकामा ३ र आदर्श गाउँपालिकामा १ जना घरमै सुत्केरी भएका हुन् । के.आई.सिंह गाउँपालिका भने घरमै सुत्केरी हुनेको संख्या शून्यमा झार्न सफल भएको छ । अरु पालिकामा अहिले पनि घरमै सुत्केरी हुने गरेको पाईएकाले त्यसलाई शुन्यमा झार्न अँझै मेहनत गर्नुपर्ने देखिन्छ । आ.व.२०८१/८२ को जेठसम्ममा डोटीमा संस्थागत सुत्केरी हुनेको संख्या भने २ हजार ३२४ जना रहेको छ ।

पछिल्ला पाँच वर्षको तथ्यांक हेर्दा संख्या ओरालो क्रममा छ । तर त्यो जनसंख्या दर घटेका कारण हो । आर्थिक वर्षको संख्यालाई तुलना गर्ने नभएर एक आर्थिक वर्षमा कूल सुत्केरी हुनेको संख्यामध्ये संस्थागत र घरमै सुत्केरी हुनेको संख्यालाई विश्लेषण गर्नुपर्ने हुन्छ ।
जिल्लामा जन्मदर भने घट्दो क्रममा रहेको पाईएको स्वास्थ्य कार्यालय डोटीका प्रमूख मलासीले बताए । यसको मूख्य कारणमा साक्षरता बढ्नु, विवाह गर्ने र सन्तान उत्पादनको उमेर अन्तर बढ्नु, बसाईंसराईं हुनु लगाएतका कारणहरु प्रमूख छन् ।

डोटीमा पछिल्लो ५ वर्ष संस्थागत सुत्केरीको तथ्यांक हेर्नुहोस्‌


डोटीमा पछिल्लो ३ वर्ष संस्थागत सुत्केरीको पालिकागत विवरण हेर्नुहोस्‌

डोटीमा पछिल्लो २ वर्ष घरमै सुत्केरीको तथ्यांक हेर्नुहोस्‌

nawajiwan