मेलबर्नमा नेपाल : टप एण्ड टी–२० मा आज जितको खाता खोल्ने प्रयास

Image
Nisarga Hospital

अस्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजमा नेपालले सोमबार मेलबर्न स्टार्स एकेडेमीसँग तेस्रो खेल खेल्दैछ। यसअघि नेपालले पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले र दोस्रो खेलमा बङ्गलादेश ‘ए’सँग ३२ रनले पराजय व्यहोरेको थियो। आजको खेलमा नेपालले जितको खाता खोल्ने लक्ष्य लिएको छ।

CP Hospital Dhangadhi

सिरिजमा नेपालसहित पाकिस्तान ‘ए’, बङ्गलादेश ‘ए’ र अमेरिकाको सिकागो किंग्सम्यानजस्ता टोली सहभागी छन्। त्यस्तै, अस्ट्रेलियाका बिग बास लिग (बीबीएल) का विभिन्न क्लब एकेडेमी टोलीहरूको पनि सहभागिता छ। नेपालले समूह चरणमा ६ खेल खेल्नेछ भने शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन्।

नेपालले चौथो खेल अगस्ट १९ मा होबार्ट हुरिकेन्सविरुद्ध, पाँचौँ खेल अगस्ट २० मा मेलबर्न रेनेगेड्सविरुद्ध र अन्तिम खेल अगस्ट २२ मा पाकिस्तान शाहिन्सविरुद्ध खेल्ने तालिका छ।

nawajiwan
Attariya Hospital

आगामी अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीस्वरूप नेपालले यो प्रतियोगिता खेलिरहेको हो। क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको छ भने उपकप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीले पाएका छन्। टोलीमा कुशल मल्ल पुनः फर्केका छन्।

👉 नेपाली टोली: रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलसन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेस बम, साहब आलम।