निजी विद्यालय बन्द गर्ने तयारीविरुद्ध सुदूरपश्चिममा शान्तिपूर्ण प्रदर्शन

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशका निजी विद्यालयहरूले संघीय शिक्षा मन्त्रालयले निजी विद्यालय बन्द गर्ने तयारी गरेको विरोधमा प्रदेशस्तरीय शान्तिपूर्ण प्रदर्शन गरेका छन्।

CP Hospital Dhangadhi
Attariya Hospital

केही दिनअघि धनगढीस्थित प्रदेश सभाको गेट अगाडि निजी विद्यालयका प्रतिनिधिहरूले धर्ना दिएका थिए भने बस् र्यालीमार्फत सरकारको नीतिविरुद्ध आवाज उठाइएको थियो। आयोजकका अनुसार कार्यक्रमको उद्देश्य निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न गरेको योगदानलाई मान्यता दिनु र विद्यालयहरूको अस्तित्व सुरक्षित राख्न सरकारलाई दबाब दिनु हो।

प्रदर्शनमा प्रदेशभरका दर्जनौं निजी विद्यालयका प्रतिनिधि, शिक्षक तथा अभिभावकहरूको सहभागिता थियो। सहभागीहरूले भने, “हामी पूर्णतया शान्तिपूर्ण तर प्रभावकारी ढंगले हाम्रो माग राख्दैछौं। निजी विद्यालयहरूले नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन्।”

आयोजकहरूले सरकारले निजी विद्यालय बन्द गर्ने नीति तत्काल रोक्नुपर्ने, र विद्यालयको सञ्चालन तथा शिक्षा गुणस्तरलाई संवादमार्फत अघि बढाउनुपर्ने माग गरेका छन्।