आजको मौसमः सातै प्रदेशमा वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

Image
Nisarga Hospital

नेपालमा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेकाले हाल देशभर मनसुनी प्रभाव बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

CP Hospital Dhangadhi

शुक्रबार बिहानदेखि आंशिकदेखि साधारणतया बदलीको अवस्था रहँदा अधिकांश भूभागमा वर्षा भइरहेको छ। कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा रेकर्ड भएको महाशाखाले जनाएको छ।

दिउँसो देशभरि नै बदली हुने र सातै प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताए। उनका अनुसार कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान छ।

nawajiwan
Attariya Hospital

राति पनि आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

मौसमविद् झाले भोलिदेखि भने मौसममा केही सुधार हुने बताए। “मनसुनको समयमा मध्यम वर्षा स्वाभाविक हो, तर भोलि भारी वर्षाको सम्भावना कम छ,” उनले स्पष्ट पारे।