लिपुलेक हुँदै मानसरोवर यात्रा: नेपालको आपत्तिबीच भारतको घोषणा

Image
Nisarga Hospital

भारतले नेपालको दाबी रहेको लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा पुनः सञ्चालन गर्ने घोषणा गरेको छ। भारतले चीनसँगको सहकार्यमा सन् २०२६ जुनदेखि अगस्टसम्म यात्रा सञ्चालन गर्ने जनाएको हो। भारतीय विदेश मन्त्रालयका अनुसार यस वर्ष २० समूह सहभागी हुनेछन्, जसमा १० समूह उत्तराखण्ड हुँदै लिपुलेक पासबाट र १० समूह सिक्किमको नाथु ला पासबाट जानेछन्। प्रत्येक समूहमा ५० जना यात्रु रहनेछन्।

CP Hospital Dhangadhi

यात्रामा सहभागी हुन इच्छुकहरूले आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्, जसको अन्तिम मिति मे १९ तोकिएको छ। धार्मिक रूपमा महत्वपूर्ण मानिने यो यात्रा हरेक वर्ष हजारौं श्रद्धालुका लागि आकर्षणको केन्द्र बन्दै आएको छ।

Attariya Hospital


तर, लिपुलेक नेपालको भूमि भएको दाबी गर्दै नेपालले भारतको कदमप्रति असन्तुष्टि जनाउँदै आएको छ। यसअघि पनि भारत–चीनबीच भएको सहमतिमा नेपाललाई जानकारी नगराइएको भन्दै नेपालले आपत्ति जनाउँदै आएको छ।

nawajiwan