मन्त्रिपरिषद्को निर्णय : नेपालमा दर्ता नगर्ने सामाजिक सञ्जाल बन्द हुने निश्चित – मन्त्री गुरुङ

Image
Nisarga Hospital

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द हुने स्पष्ट पारेका छन्।

CP Hospital Dhangadhi

शुक्रबार संसद भवन, नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले सरकारले सात दिनभित्र सामाजिक सञ्जाल दर्ताका लागि सार्वजनिक रूपमा आह्वान गरिसकेको बताए। तोकिएको समयमा दर्ता नभएमा ती प्लेटफर्म बन्द हुनेछन्।

Attariya Hospital

उनले केही सामाजिक सञ्जालले यसअघि पटक–पटक दर्ता प्रक्रिया पूरा नगरेको र यसपटक अन्तिम अवसर दिइएको जानकारी दिए। भाद्र ९ गतेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार तथा जबाफदेही बनाउन सात दिनको म्याद दिँदै सूचीकरणका लागि सार्वजनिक आह्वान गर्ने निर्णय गरेको थियो।

nawajiwan