रास्वपाले रुपन्देही–३ बाट डा. लेखजंग थापालाई उम्मेदवार घोषणा

Image
Nisarga Hospital

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर ३ का लागि डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ। पार्टी सचिवालयको बैठकले ९ जना आकांक्षीमध्ये थापालाई चयन गरेको हो।

CP Hospital Dhangadhi

उपनिर्वाचनका लागि थापासहित सुलभ खरेल, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री आकांक्षी थिए। उम्मेदवार चयन गर्न १२ भदौमा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म प्राइमेरी इलेक्शन सम्पन्न गरिएको थियो। रास्वपाका अनुसार अनलाइन भोटिङमा सबैभन्दा बढी भोट पाएका थापालाई उम्मेदवार घोषणा गरिएको हो।

Attariya Hospital

डा. थापा वरिष्ठ न्युरोलोजिस्ट हुन्। उनले एमबीबीएस, इन्टरनल मेडिसिनमा एमडी र न्युरोलोजीमा एमडी गरेका छन्। हाल नेसनल न्युरो सेन्टर, महाराजगञ्ज काठमाडौंका न्युरोलोजी विभाग प्रमुख तथा नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष रहेका छन्।

nawajiwan