दशैंको अबसरमा सुनचाँदी किन्न भनि बजार जादै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। सुनको मूल्य शुक्रबारको तुलनामा १ हजार १०० रुपैयाँले बढ्दै प्रति तोला रु. २ लाख १७ हजार १०० र प्रति १० ग्राम रु. १ लाख ८६ हजार १३० पुगेको छ।

CP Hospital Dhangadhi

त्यस्तै, चाँदी पनि ४० रुपैयाँले बढ्दै प्रति तोला रु. २ हजार ६२० र प्रति १० ग्राम रु. २ हजार २४६ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

शुक्रबार सुनको मूल्य प्रति तोला रु. २ लाख १६ हजार र चाँदी प्रति तोला रु. २ हजार ५८० मात्र थियो। लगातार उतारचढाव हुने सुनचाँदीको मूल्य आज हल्का वृद्धि देखिएको व्यवसायीहरू बताउँछन्।