डेंगु संक्रमणले सिगासकी धना देवी भुलको जीवन संकटमा, आर्थिक सहयोगका लागि अपिल

Image
Nisarga Hospital

बैतडी:

CP Hospital Dhangadhi

जिल्लाको सिगास गाउँपालिका ०१ खरकेउडाकी धना देवी भुल हाल अस्पतालको बेडमा जीवन र मृत्युबीच संघर्ष गरिरहेकी छिन्। केही दिनअघि डेंगु संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो।

संक्रमण क्रमशः गम्भीर बन्दै जाँदा उनको किड्नीमा असर पुगेको चिकित्सकहरूले बताएका छन्। किड्नीमा समस्या गहिरिँदै गएपछि चिकित्सकहरूले तत्काल धनगढीस्थित सेती अस्पतालमा रिफर गर्न सिफारिस गरेका छन्।

nawajiwan

आर्थिक अवस्था कमजोर भएका कारण उनको परिवारले अहिले पनि उनलाई डडेल्धुरा अस्पतालमै राख्न बाध्य भएको छ। विगत तीन दिनदेखि अस्पतालको बेडमै उपचारको प्रतीक्षामा रहेकी धना देवीको अवस्था चिन्ताजनक बन्दै गएको डाक्टरहरूले जनाएका छन्।

धना देवीका श्रीमान् रग्गो भुल भन्छन्,

“हामीले सक्दो प्रयास गरिसक्यौँ, तर अब थप उपचारका लागि आवश्यक रकम जुटाउन सकिरहेका छैनौँ। डाक्टरहरूले तुरुन्तै रेफर गर्न भनेका छन्, तर आर्थिक अभावले सम्भव भएको छैन।”

Attariya Hospital

चिकित्सकहरूका अनुसार ढिलाइ भए धना देवीको ज्यान गुम्ने जोखिम अत्यधिक छ। परिवारले उपचारका लागि देश-विदेशमा रहेका नेपालीहरूमा सहयोगको अपिल गर्दै सहानुभूतिको हात फैलाउन आग्रह गरेका छन्।

रग्गो भुलले भने,

“हामीसँग ठूलो आशा छैन, तर दयालु मनहरूले सानो सहयोग गरे मेरी श्रीमतीको ज्यान बच्न सक्छ।”

गरीबी र भाग्य दुबैको मारमा परेको यो परिवार अहिले सहयोगी हातहरूको प्रतीक्षामा छ। सानो सहयोगले पनि ठूलो परिवर्तन ल्याउन सक्छ-एउटा जीवन बचाउन र एउटा परिवारमा आशाको दियो बाल्न सक्छ।

धना देवी भुलको उपचारका लागि इच्छुक सहयोगीहरूले तलका माध्यमबाट सहयोग पठाउन सक्नुहुन्छ।”
सहयोग गर्न चाहनेका लागि विवरण:
🏦 बैंक खाता नं.: 4020100018381010
👤 खातावालाको नाम: Birendra Bhul
🏛️ बैंक: राष्ट्रिय बाणिज्य बैंक लिमिटेड
📞 सम्पर्क नम्बरहरू:
•9848803561 (भतिजा-बिरेन्द्र भुल)
•9865884297 (ध्रुब किरण भुल)

•QR Code

Advertize US