
कञ्चनपुरः दोधारा चाँदनी नगरपालिका–७, कासिपुरे टोल स्थित सिकेन्दर सुनारको खेतबारीमा प्रहरीले झाडीभित्र लुकाइएको अवस्थामा ठूलो मात्रामा पटाका बरामद गरेको छ। खेतमा दुई वटा ठूलो कार्टुनमा राखिएको र कुल मूल्य ३ लाख ३३ हजार रुपैयाँ बराबरको पटाका फेला परेको थियो।

इलाका प्रहरी कार्यालय दोधारा चाँदनी कञ्चनपुर र सशस्त्र प्रहरी बल बीओपी कञ्चभोजबाट खटिएको संयुक्त टोलीले बिहीबार उक्त पटाका बरामद गरेको हो। प्रहरीका अनुसार, बरामद गरिएको पटाका सुरक्षित रूपमा नियन्त्रणमा लिएर नष्ट गरिएको छ।
प्रहरीले भनेका छन् कि यस्ता अवैध पटाकाको बिक्री र प्रयोगले जनताको सुरक्षा जोखिममा पार्ने भएकाले थप निगरानी राखिनेछ। स्थानीय बासिन्दालाई पनि यस्ता गतिविधिबारे सतर्क रहन सचेत गराइएको छ।



























