
हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव देखिएको जल तथा मौसम विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।

विभागले जारी गरेको मौसमी बुलेटिन अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

आज राति पनि सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । विभागले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

































