धनगढीका कम्प्युटर व्यवसायी नरेश धामी मृ’त फेला

Image
Nisarga Hospital

धनगढीका कम्प्युटर व्यवसायी नरेश धामी मृत फेला परेका छन्। उनी एनसिसिएस कम्प्युटर सञ्चालन गर्दै आएका थिए र शिवपुरी जङ्गलमा मृत अवस्थामा भेटिएका छन्। धामी कात्तिक ३ गते सोमवार साँझ ७ बजेदेखि बेपत्ता भएका थिए। जिल्ला प्रहरी कार्यालय, कैलालीले उनी जङ्गलमा मृत फेला परेका बताउँदै अनुसन्धान सुरु गरेको छ।

CP Hospital Dhangadhi

सोमवार धामी काठमाडौँबाट धनगढी फर्किएका थिए र दिनभर आफ्नो पसलमा काम गरेका थिए। साँझ अचानक उनी कोठाबाट बेपत्ता भएका थिए। परिवारका सदस्यहरूले बताइअनुसार उनको मोबाइल पनि बन्द थियो। सामान्य अवस्थामा बाहिर निस्केका धामी अचानक बेपत्ता भएपछि परिवारमा चिन्ता फैलिएको थियो।

प्रहरीले घटनाको कारण अझै खुल्न नसकेको बताएको छ। अनुसन्धान जारी रहेकाले मृत्युसम्बन्धी विवरण र कारणबारे थप जानकारी पछि सार्वजनिक गरिने जनाइएको छ।