आज तिहारको मुख्यदिन देशभर भाइटीका मनाइँदै , दाजुभाइ र दिदीबहिनीबीच आत्मीय प्रेमको बन्धन

Image
Nisarga Hospital

तिहारको मुख्य दिन भाइटीका आज श्रद्धा, आस्था र आत्मीयताका साथ देशभर मनाइँदैछ। दिदीबहिनीले दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइरहेका छन्। हरेक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन पर्ने यो पर्वलाई यमद्वितीया पनि भनिन्छ।

CP Hospital Dhangadhi

यस वर्ष तिथि वृद्धि भएकाले भाइटीका तिहारको छैटौँ दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार साइतमै टीका लगाउन चाहनेका लागि बिहान ११ः३९ को समय शुभ मानिएको छ।

शास्त्रीय रूपमा आज टीका लगाउँदा दिदीबहिनी पूर्व र दाजुभाइ पश्चिम फर्कनुपर्ने परम्परा छ, जसले चन्द्रमालाई सम्मुख पार्ने धार्मिक मान्यता बोकेको छ।

टीका लगाइपश्चात् दिदीबहिनीले दाजुभाइलाई माला, ओखर, मसला, र सेलरोटी अर्पण गर्छन् भने दाजुभाइले गच्छेअनुसार दक्षिणा, लुगा र उपहार प्रदान गर्छन्। धार्मिक विश्वास अनुसार यो दिनले पारिवारिक प्रेम, आशीर्वाद र आपसी स्नेहको प्रतीकका रूपमा सदियौँदेखि नेपाली समाजमा विशेष स्थान ओगट्दै आएको छ। 💐