१२ वर्षयताकै ठूलो गिरावट: सुनको मूल्य ६ प्रतिशतले घट्यो !💰

Image
Nisarga Hospital

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्य करिब १२ वर्षयताकै ठूलो रूपमा घटेको छ। सोमबार एक ट्रय औंस सुनको मूल्य ४,३८१ डलरसम्म पुगेकोमा मंगलबार ६.३ प्रतिशत घटेर ४,०८२ डलरमा झरेको ‘द फाइनान्सियल टाइम्स’ ले उल्लेख गरेको छ। यो सन् २०१३ यताकै सबैभन्दा ठूलो दैनिक गिरावट हो।

CP Hospital Dhangadhi

विश्लेषक निकी शिल्सका अनुसार पछिल्ला महिनामा अत्यधिक खरिदका कारण सुनको मूल्य ‘फुलेको’ थियो र अहिलेको गिरावट स्वाभाविक सुधार हो। पछिल्ला दुई महिनामा सुनको मूल्य २५ प्रतिशतभन्दा बढीले बढेको थियो।

Attariya Hospital

चाँदी र प्लेटिनमको मूल्य पनि क्रमशः ७.४ र ५ प्रतिशतले घटेको छ। अमेरिकी डलर बलियो बन्दै गएपछि र अमेरिका–चीनबीच व्यापार तनाव कम भएको संकेतसँगै लगानीकर्ताहरूले सुन बेच्न थालेका हुन्।

nawajiwan

स्ट्यान्डर्ड चार्टर्डकी विश्लेषक सुकी कूपरका अनुसार यो ‘प्राविधिक सुधार’ मात्रै हो। दीर्घकालमा सुनको मूल्य पुनः उकालो लाग्ने सम्भावना रहेको उनले बताइन्। 📉