न्युजिल्यान्डमाथि ५३ रनको विजयसँगै भारत महिला विश्वकपको सेमिफाइनलमा प्रवेश 🏏🇮🇳

Image
Nisarga Hospital

डीएलएस मेथडका आधारमा न्युजिल्यान्डलाई ५३ रनले हराउँदै भारत महिला एकदिवसीय विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

CP Hospital Dhangadhi

बिहीबार नवी मुम्बईस्थित डीवाई पाटिल स्टेडियममा भएको खेलमा जितसँगै भारत नकआउट चरणमा पुग्ने चौथो तथा अन्तिम टिम बनेको हो। यो नतिजासँगै न्युजिल्यान्ड र श्रीलंका प्रतियोगिताबाट बाहिरिएका छन्। टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४९ ओभरमा ३ विकेट गुमाउँदै ३४० रनको विशाल योगफल बनायो, जुन भारतको विश्वकप इतिहासमै उच्चतम स्कोर हो।

स्मृति मन्धानाले १०९ रन, प्रतिका रावलले १२२ रन र जेमिमा रोड्रिग्जले ७६ रनको योगदान दिए। बलिङतर्फ भारतका स्पिनरहरूले उत्कृष्ट प्रदर्शन गर्दै विपक्षीलाई लक्ष्यभन्दा टाढा राखे। यो जितसँगै भारतले उपाधि यात्राको सम्भावना बलियो बनाएको छ। 🏏🇮🇳