गाउँमै आत्मनिर्भर विन्दराज पाण्डे, भैँसी पालनबाट मासिक ३० हजार आम्दानी

Image
Nisarga Hospital

बाजुराको हिमाली गाउँपालिका–६ धिमका विन्दराज पाण्डे गाउँमै बसेर भैँसी पालन गर्दै मासिक करिब ३० हजार रुपैयाँ आम्दानी गरिरहेका छन्। गाउँका अधिकांश मानिस रोजगारीको खोजीमा भारत वा अन्य शहरतिर जाने गर्छन्, तर पाण्डे भने आफ्नै गाउँमा बसेर उद्यमी किसानको उदाहरण बनेका छन्।

CP Hospital Dhangadhi

उनी बिहान–बेलुकी दुध बिक्री गरेर घरखर्च चलाउँछन्। पाण्डेले अहिलेसम्म कामको खोजीमा गाउँ छोडेका छैनन्। उनका अनुसार, “घरमा सधैं दुई भैँसी हुन्छन्—एक दुनु, अर्को बियाउने। त्यसैले दुध कहिल्यै सकिँदैन।”

Attariya Hospital

दुध बिक्रीबाट भएको आम्दानीले उनले परिवार पाल्नुका साथै छोरालाई पढाएका छन्। अहिले उनका छोरा गाउँकै भवानी माध्यमिक विद्यालयमा शिक्षक बनेका छन्। गाउँका धेरै युवाहरू रोजगारका लागि भारत जाने गरे पनि पाण्डे गाउँमै बसेर आत्मनिर्भर बन्न सफल भएका छन्।

nawajiwan

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लका अनुसार, गाउँपालिकाले भैँसीपालन प्रवर्द्धनका लागि विभिन्न अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस्ता कार्यक्रमले विन्दराज पाण्डेजस्ता किसानलाई गाउँमै स्थायी रोजगारी र आर्थिक स्थायित्व हासिल गर्न सहयोग पुर्‍याएको बताइएको छ।