इजरायल–हमास युद्धका नेपाली शहीद विपिन जोशीको सम्झनामा ‘विपिन चोक’को नामकरण

Image
Nisarga Hospital

इजरायल–हमास युद्धमा हमासको अपहरणमा परी शहीद भएका नेपाली युवा विपिन जोशीको स्मृतिमा उनैको गृहनगर कञ्चनपुरको भीमदत्त नगरपालिका–३ स्थित मालिकार्जुन टोलको नाम ‘विपिन चोक’ राखिएको छ। स्थानीयवासीको चाहनामा आज साँझ एक भावनात्मक कार्यक्रमका बीच दीप प्रज्वलन गरी यो नामाकरण गरियो।

CP Hospital Dhangadhi

कार्यक्रममा वडाध्यक्ष गगनसिंह धामीले विपिन जोशी वडाका पूर्वखेलाडी पनि भएकाले उनको सम्झनामा प्रत्येक वर्ष वडास्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने घोषणा गरे। उनले भने, “हामी दुई वर्षसमत उनको सकुशल फर्किने आशामा थियौँ, तर उहाँले आफ्नो ज्यान दिएर साथीहरूको ज्यान बचाउनुभयो।”

यसअघि, नगरपालिकाको कार्यपालिका बैठकबाट यसको औपचारिक निर्णय गराउने पनि उनले जानकारी दिए। दीप प्रज्वलन कार्यक्रममा शहीद जोशीकी बहिनी पुष्पा जोशी र स्थानीय टोलीबासीको उपस्थिति रहेको थियो।